कला

३० वर्षपछि सँगै काम गर्दै रजनीकान्त र आमिर खान

साउथ सुपरस्टार रजनीकान्त र बलिवुडका मिस्टर परफेक्सनिस्ट नामले चर्चित आमिर खान ३० वर्ष पछि सँगै काम गर्ने भएका छन्।

लालिसिंह चड्ढा फ्लप भएपछि अभिनयबाट ब्रेक लिएका आमिरले चलचित्र ‘कुली’ मा रजनीकान्तसँग स्क्रिन सेयर गर्ने भएका छन्।

कमल हसनको विक्रम र थलपति विजयको लियो निर्देशन गरिसकेका निर्देशक कनगराजले बनाउन लागेको कुलीमा दुई सुपर स्टार एकसाथ आउँदा दर्शकबीच उत्साह बढ्ने देखिएको छ। चलचित्रबारे थप जानकारी दिइएको छैन।

यसअघि १९९५ मा रजनीकान्त र आमिरले चलचित्र आतंकमा सँगै काम गरेका थिए।

प्रकाशित: १३ भाद्र २०८१ १४:०२ बिहीबार

#rajanikant