कला

रंगकर्मी तथा बालसाहित्यकार केदार श्रेष्ठलाई ‘युवा वर्ष मोती पुरस्कार’

रंगकर्मी तथा बालसाहित्यकार केदार श्रेष्ठलाई ‘युवा वर्ष मोती पुरस्कार’ प्रदान गरिने भएको छ। राष्ट्रिय युवा सेवा कोषद्वारा गठित मूल्यांकन समितिको सिफारिस अनुसार आइतबार बसेको बैठकले बालसाहित्य र रंगमञ्चमार्फत नेपाली भाषा, कला, साहित्य र संस्कृतिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा श्रीवृद्धिका लागि योगदान पुर्‍याएबापत उनलाई पुरस्कृत गर्न लागिएको हो।

वरिष्ठ साहित्यकार प्रा. राजकुमार पाँडेको संयोजकत्वमा राष्ट्रिय युवा सेवा कोषद्वारा गठित मूल्यांकन समितिको सिफारिसअनुसार २०८१ सालको ‘युवा वर्ष मोती पुरस्कार’ रंगकर्मी श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको हो।

नेपाली साहित्यमा युवा पुस्तालाई प्रेरणा दिने महत्त्वपूर्ण पुरस्कार मानिने यो पुरस्कार राष्ट्रिय विभूति साहित्यकार मोतीराम भट्टको सम्झनामा २०४२ सालमा स्थापना भएको हो। ४० वर्ष ननाघेका युवा सर्जकलाई ४० हजार रूपैयाँसहित स्वर्णपदक र प्रमाण पदकसहित पुरस्कार हरेक वर्ष मोती जयन्ती कुशे औंसीका दिन प्रदान गरिंदै आएको छ।

नियमित प्रदान गरिंदै आएको ‘युवा वर्ष मोती पुरस्कार’ सर्वप्रथम साहित्यकार दैवज्ञराज न्यौपानेलाई प्रदान गरिएको थियो भने अघिल्लो वर्ष २०८० मा कवि, गीतकार तथा अनुवादक प्रमोद सारंगलाई प्रदान गरिएको थियो।

प्रकाशित: १० भाद्र २०८१ १३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App