कला

साेलुखुम्बुकी बालस्रष्टा अपेक्षा बास्ताेलाकाे ‘भयको तस्बिर’ लाेकार्पण

नेपाल प्रज्ञाप्रतिष्ठानमा बालसाहित्य समाज र नेपाल प्रज्ञाप्रतिष्ठानले संयुक्त रूपमा बालस्रष्टा अपेक्षा बास्तोलाकाे बालकथासङ्ग्रह ‘भयको तस्बिर’  लोकार्पण गरेको छ।

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई, उपकुलपति विमलकृष्ण श्रेष्ठ, सदस्य सचिव डा. धनप्रसाद सुवेदी, नेपाल बालसाहित्य समाजका अध्यक्ष, प्रमोद प्रधान, संस्थापक अध्यक्ष प्राडा चूडामणि बन्धु र संस्थापक सचिव प्रा. रामकुमार पाँडेले संयुक्त रूपमा बालकथासङ्ग्रहकाे लोकार्पण गरेका थिए।

सोलुखुम्बुकी कथाकार अपेक्षा हाल हिमरश्मि मावि तारकेश्वर,काठमाडौंकी छात्रा हुन्। ‘भयको तस्बिर’ उनकाे पहिलो प्रकाशित कृति हो। २०७६ सालमा ‘बालप्रज्ञा’ मा पहिलोपटक ‘मेरो बन्दाबन्दी अनुभव’ शीर्षकको निबन्ध छापेर लेखन यात्रामा लागेकी उनका विभिन्न पत्रपत्रिकामा सिर्जनाहरू छापिंदै आएका छन्।

जयपृथ्वीबहादुर सिंहको जन्मजयन्तीको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा बालगायिका पृति विक (सुर्खेत) र बालसर्जक आकाश सुनुवार (रामेछाप) लाई पुरस्कृत गरिएकाे थियाे। 

प्रकाशित: ९ भाद्र २०८१ १०:५६ आइतबार

# Vayako Tasbir # Balkatha Sangraha