कला

कलाकार विपिन कार्कीलाई मातृशोक

कलाकार विपिन कार्कीलाई मातृशोक परेको छ। उनकी आमा सरस्वतीको उपचारको क्रममा आज बिहान ६ बजे निधन भएको हो।

पाटन अस्पतालमा ४ दिनदेखि भेन्टिलेटरमा राखेर सरस्वतीको उपचार गरिँदै आएको थियो।

उनलाई पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या देखिएको थियो। 

बिपिनकी आमा सरस्वतीको पार्थिव शरीरलाई आज बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ। 

प्रकाशित: ६ भाद्र २०८१ ०९:२५ बिहीबार

#pashupati #Artist-bipin-Karki #Patan-Hospital #Aryaghat