कला

समीक्षाको ‘के हेरेको टुलुटुलु’

गायिका समीक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘के हेरेको टुलुटुलु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो समीक्षाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।  

समीक्षासहित सलोन बस्नेत, नाजिर हुसेन र आश्मा विश्वकर्मालाई फिचर्ड गरिएको भिडियो सार्वजनिक भएको हो ।  

नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीत र श्यामस्वेत रसाइलीको एरेन्ज रहेको उक्त गीतमा स्वर समीक्षाले दिएकी हुन् ।  

गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा सुभम भुजेलको कोरियोग्राफी छ । भिडियो समीक्षाले आफ्नै यूट्युब च्यानलमार्फत् सार्वजिनक गरेकी हुन् । 

प्रकाशित: ५ भाद्र २०८१ १८:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App