कला

तीन खानलाई लिएर फिल्म बनाउन चाहन्छिन् कंगना

कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’ को ट्रेलर भर्खरै सार्वजनिक भएको छ। 

फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा कंगनाले आफूले मौका पाएमा तीनै खान (शाहरुख, सलमान र आमिर) सँग फिल्म बनाउने इच्छा रहेको बताएकी छिन्।

कंगनाले ट्रेलर सार्वजनिक कार्यक्रममा भनेकी छिन्, म तीनै खानसँग मिलेर फिल्म निर्माण र निर्देशन गर्न चाहन्छु ।

उनले फिल्ममा तीन खानहरूको क्षमतालाई देखाउन चाहेको पनि बताएकी छिन्। जहाँ उनीहरुले अभिनय गर्न सकुन् र समाजको लागि पनि महत्त्वपूर्ण देखिने उनले बताएकी छिन्।

कंगनाले तीनै खानमा कलात्मक पक्ष रहेको र केही फिल्मले बाहेक अझै नखोजिएको पनि बताएकी छिन्। उनले त्यसलाई खोज्ने पनि बताएकी छिन्।

त्यसो त कंगना आफ्नो अभिव्यक्तिका कारण बेलाबेलामा चर्चामा आइरहन्छिन्।

कलाकार मात्रै नभएर कंगना रनौत भारतीय लोकसभा सदस्य पनि हुन्। उनले भारतीय जनता पार्टीबाट उम्मेदवार बनेर कांग्रेस उम्मेदवार विक्रमादित्य सिंहलाई हराउँदै हिमाचल प्रदेशको मण्डी क्षेत्रबाट चुनाव जितेकी थिइन्। 

प्रकाशित: ३१ श्रावण २०८१ १२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App