कला

खोजी

लघुकथा

‘ए भाइ, के गरेको?’ उसलाई दिउँसै लाल्टिन बालेको देखेर मैले सोधें।

‘कोही इमानदार भेटिन्छ कि भनेर खोज्दै हिंडेको।’

‘भेट्यौ त?’

उसले खिन्न भएर भन्यो, ‘सडकदेखि सदनसम्म कहीं भेटिनँ।’

भोलिपल्ट ऊ पुन: भेटियो। घाइते अवस्थामा भुइँमा बसेको थियो। लाल्टिनले आँखा चिम्लेको थियो। चिम फुटेर काँचका टुक्रा सडकभरि छरिएका थिए।

‘आज भेटेछ कि क्या हो’ मनमा कुरा खेले। जिज्ञासा मेट्न सोधें, ’के भयो भाइ?’

‘भेटें दाइ।’

‘ के भेट्यौ?’

ऊ घाइते स्वरमा सुस्तरी बोल्यो, ‘अवसरको खोजीमा रहेका इमानदारहरू।’               

-नवराज शर्मा

प्रकाशित: २४ श्रावण २०८१ १३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App