भारतको केरल राज्यको वायनाडमा भएको क्षतिपछि साउथ इन्डियन फिल्म इन्डस्ट्रीका कलाकारहरूले राहतको घोषणा गरेका छन्।
मङ्गलवार मुसलधारे वर्षासँगैको भूक्षय र पहिरोमा परी हालसम्म २८० जनाभन्दा बढीको मृत्यु भएपछि साउथ इन्डियन फिल्म इन्डस्ट्रीका कलाकारहरूले पीडितलाई राहत दिने घोषणा गरेका हुन्।
साउथ र बलिवुडमा नाम कमाएकी अभिनेत्री रश्मिका मन्दानाले मुख्यमन्त्री राहत कोषमा १० लाख रुपैयाँ दान गरेकी छिन्।
यस्तै मलयालम अभिनेता फदह फाजिल र उनी श्रीमती नजरिया नाजिमले २५ लाख दान दिएका छन्।
प्रकाशित: १८ श्रावण २०८१ ०८:४९ शुक्रबार