कला

वायनाड विपदले टलिवुड जगत दुःखी, सबै चलचित्रको रिलिज स्थगित

भारतको टलिवुड जगतले सबै चलचित्रको रिलिज स्थगित गरेको छ।

केरलको वायनाडमा प्राकृतिक विपद्मा परी २५६ जनाभन्दा बढीको मृत्यु भएपछि टलिवुड टलिवुड अन्तर्गत मलयालम चलचित्र जगतले सबै चलचित्रको रिलिज तत्कालका लागि स्थगित गरेको हो।

वायनाडको चुरलमाला, अट्टामाला र नूलपुझा गाउँ पहिरो र भूक्षयका कारण तहसनहस भएपछि टलिवुड जगतले सबै ठूला कार्यक्रमहरू पनि स्थगित गरेको छ।

मलयालम चलचित्र जगतका दिग्गज अभिनेता ममूटीले यसबारे जानकारी दिएका छन्। उनले विपदको बेला कुनैपनि चलचित्र र ठूला कार्यक्रम नगर्ने र  पीडितलाई राहतका लागि सहयोग गर्ने बताएका छन्।

अहिले पनि ती क्षेत्रमा कैयौँ मानिस हराइरहेको हुँदा उनीहरूको खोजी कार्य जारी रहेको छ।

प्रकाशित: १७ श्रावण २०८१ १३:२७ बिहीबार