कला

संस्कृति हरेक देशको प्राण तत्व होः मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति हरेक देशको प्राण तत्व भएको बताएका छन्।

मंगलवार पाटन पर्यटन विकास संस्थाको २९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन ।उनले संस्कृति हरेक देशको आत्मा र प्राण तत्व भएकाले आत्मा बिना बाँच्न नसकिने जिकिर गरे । उनले कुनैपनि समाजको आत्मा भनेको संस्कृति रहेको बताए। उनले सरकारले असल संस्कृति बोकेर हिँड्ने पनि बताए । उनले असल बाटो, सदाचार र शिष्टाचार भएको पनि बताए। नेपालीले बोकेको संस्कृति जगाउनुपर्ने कर्तव्य रहेको बद्रीप्रसाद पाण्डेको धारणा थियो ।  

उनले भने, ‘‘हाम्रो मन्त्रालयले संस्कृति बोकेको छ । संस्कृति भनेको प्राण तत्व हो । संस्कृति भनेको आत्मा हो । म भित्र आत्मा छैन भने म छैन । मेरो यो भौतिक शरीर केही पनि होइन । त्यसैले कुनैपनि समाजको आत्मा भनेको संस्कृति हो । त्यसैकारणले म भित्रको आत्मा, प्राणतत्व, म भित्रको आत्मविश्वास, म भित्रको आस्था म भित्रको निष्ठा त्यो म भित्रको संस्कृतिको पक्ष हो । त्यसैले हाम्रो मन्त्रालयले बोक्ने भनेको असल संस्कृति हो, असल संस्कार हो, असल बाटो, सदाचार र शिष्टाचार हो । हामी नेपालीले बोकेको संस्कृति नै त्यही हो । त्यो जगाउनुपर्ने कर्तव्य छ ।’

मन्त्री पाण्डेले नेपालमा पर्यटनको सम्भावना उच्च रहेको बताए । 

प्रकाशित: १५ श्रावण २०८१ २०:०९ मंगलबार

#Badri Prasad Pandey #Patan Tourism Development Organization