कला

वैशाखमा ‘मनाङे नानी’

काठमाडौं – मनाङमा छायांकन गरिएको फिल्म ‘मनाङ्गे नानी’ को फस्टलुकसँगै रिलिज मिति सार्वजनिक भएको छ । राजधानीमा बिहीबार एक कार्यक्रमका बीच फिल्म वैशाख १४ गते रिलिज हुने निर्माण पक्षले जानकारी दिएको हो।

शुभेक्षा फिल्म प्रोडक्सनको ब्यानर निर्माण भएको फिल्ममा खुशबहादुर गुरुङको कथा, पटकथा, गीत, संगीत र निर्देशन छ। उनले मनाङमा तिलिचो तालसहित ७० प्रतिशत छायांकन गरिएको बताए। कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा, फिल्म निर्देशक शोभित बस्नेतले फिल्मलाई शुभकामना दिएका थिए।

भीम गुरुङ, शान्ति गुरुङ, कुशल गुरुङ, रिया गुरुङ, जेनिशा गुरुङ र खुशी गुरुङको अभिनय रहेको फिल्ममा श्रीकृष्ण फुयालको छायांकन, जनक गुरुङको द्वन्द्व तथा गौतम गुरुङ, सोलबहादुर गुरुङ, भीमराज गुरुङ र टिकामाया फुयालको लगानी छ। सुबास गुरुङ, मनाङ गुरुङ, ओमन गुरुङको नृत्य रहेको फिल्ममा प्रकाश गुरुङ, मदन गुरुङ, सुकराज गुरुङ र तिलु गुरुङ कार्यकारी निर्माता छन्।

प्रकाशित: १६ चैत्र २०७४ ०४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App