कला

छयालीसाैं पुष्पलाल स्मृति दिवसमा दुई कृति लाेकार्पण

पुष्पलाल अध्ययन प्रतिष्ठान स्याङ्जाले छयालीसाैं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित क. पुष्पलाल र वर्तमान परिस्थिति विषयक अन्तरक्रिया तथा क. चक्रबहादुर पराजुलीको संस्मरणात्मक निबन्धसङ्ग्रह ‘मेरो भूमिगत यात्रा’ र साहित्यकार अनन्त अर्यालको ‘कालापत्थर’ कवितासङ्ग्रहको लाेकार्पण गरेको छ।

कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष चक्रबहादुर पराजुलीले गरेका थिए भने प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सचिव तथा पूर्वमन्त्री क. पद्मा अर्याल रहेको सो कार्यक्रममा क. पुष्पलाल र वर्तमान परिस्थिति विषयक कार्यपत्र प्रतिष्ठानका अध्यक्ष स्वयं क. चक्रबहादुर पराजुलीले प्रस्तुत गरेका थिए।

झन्डै आधा घण्टा लामो वाचनको प्रस्तुतिपछि सो सम्बन्धी टिप्पणी इ. ओम शर्माले गरेका थिए। नेपालमा कम्युनिस्ट पार्टीको स्थापना र तत्पछि क. पुष्पलालले गरेको योगदान र अगाडि सारेका नीति तथा कार्यक्रम आज पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गरिएको थियो।

कार्यक्रमको दोस्रो चरणमा चक्रबहादुर पराजुलीकाे ‘मेरो भूमिगत यात्रा’ र अनन्त अर्यालकाे ‘कालापत्थर’ कृतिको संयुक्त रूपमा लाेकार्पण गरिएकाे थियो।

कार्यक्रमकाे प्रमुख अतिथि पद्मा अर्यालले कभर गरिएको गाता खोलेर दुवै कृतिकाे लाेकार्पण गरेकी थिइन्।

‘मेरा भूमिगत यात्रा’ पुस्तकमाथि समीक्षा नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय सचिवालय सदस्य पुष्प बरालले गरेका थिए। पुस्तकले सामाजिक रूपान्तरणको अभियानमा चक्रबहादुर पराजुलीले पुर्‍याएको योगदानलाई सटिक र ऐतिहासिक ढङ्गले प्रस्तुत गरिएको ऐतिहासिक दस्तावेजका रूपमा पठनीय पुस्तक भनी चर्चा गरेका थिए।

त्यसैगरी साहित्यकार डा. अच्युतशरण अर्ज्याल र मिलन समीरले अनन्त अर्यालको ‘कालापत्थर’ काे समीक्षात्मक गरेका थिए। समसामयिक राजनीति, समाज, नेपाली प्रकृति-संस्कृतिलाई विषयवस्तु बनाई त्यसैको छायाका रूपमा प्रकटीकरण भएर आएका अर्यालका कविता पठनीयका साथै उत्कृष्ट स्तरका रहेको बताउँदै कवि अर्यालको लेखनशैली पृथक् शैलीको रहेको र बिम्बात्मकता र सरलता उनका कवितामा पाइने विशेषता भनी चर्चा गरिएकाे थियाे।

कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै नेकपा एमाले केन्द्रीय कमिटीका सचिव पद्मा अर्यालले क. चक्रबहादुर पराजुली कम्युनिस्ट आन्दोलनको एक अथक र आदर्श पुरुष भनी चर्चा गरिन्। पुष्पलालले नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गरी नेपाली क्रान्तिमा पु याएको योगदान अतुलनीय र आज पनि उत्तिकै सान्दर्भिक रहेको प्रष्ट्याउँदै दूरदर्शी नेताका रूपमा रहेको पुष्टि गर्दै प्रस्तुत कार्यपत्र राम्रो रहेको बताएकी थिइन्। साथै उनले मुलुकको समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान समीकरण बनेकोसमेत चर्चा गरिन्।

त्यस्तै विमोचित कृति ‘भूमिगत यात्रा’ र ‘कालापत्थर’ माथि चर्चा गर्दै कृतिकारको सफलता र बधाईको कामना गरेकी थिइन्।

पुष्पलाल अध्ययन प्रतिष्ठानका सचिव देवी थापा सञ्चालन गरेकाे कार्यक्रममा दिलिप बगालेले स्वागत मन्तव्य दिएका थिए।

समाजसेवी  तथा साहित्यिक व्यक्ति ध्रुवप्रसाद शर्मा पङ्गेनीले मन्तव्यकाे साथ गजल प्रस्तुत गरेका थिए। कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य सीमा क्षेत्री, नेकपा एमाले गण्डकी प्रदेश उपाध्यक्ष मिनप्रसाद गुरुङ, नेकपा एमाले जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे पारस, नेकपा एमालेका नेता महेन्द्र थापा, नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य ध्रुवप्रसाद शर्मा पङ्गेनी, नेपाली काँग्रेस वालिङ नगर सभापति नेत्र पाण्डे, नेकपा एमाले जिल्ला कमिटी सदस्य दोबबहादुर कार्की, सूर्यबहादुर पौड्याल, सूर्यप्रसाद खनाल, कमल बगाले, वसन्त खनाल, शम्भु अर्याल रोशन कुँवर, मञ्जु केसी, रामवीर गुरुङ लगायतको उपस्थित रहेको थियो।

प्रकाशित: १३ श्रावण २०८१ ०८:२७ आइतबार

#Forty-sixth Pushpalal Memorial Day Mero Bhumigat Yatra #Launching of Anant Aryal's 'Kalapathar' poetry collection #CPN UML Central Secretary and Former Minister A. Padma Aryal