कला

संवाद र विमर्शमा स्रष्टा डा. ऋषि बस्ताकोटी

सिर्जना अभियान समाजको आयोजनामा मुक्तककार डा. ऋषि बस्ताकोटीसित संवाद तथा विसंगत बस्ती मुक्तकसंग्रहकाे विमर्श गरिएकाे छ।

भक्तपुरको गपलीस्थित ड्रिमल्याण्ड किचेनमा आयोजित सो कार्यक्रममा समाजका सचिव एवं कथाकार ध्रुव मधिकर्मीले चार हरफबाट पनि महत्त्वपूर्ण विषय सम्प्रेषण गर्ने क्षमता राख्ने विधा मुक्तक भएको बताउँदै विसङ्गत बस्तीभित्रका मुक्तकले आजको विविध समसामयिक विषयलाई सरल ढंगले प्रभावकारी रूपमा अभिव्यक्त गरेकाे बताए।

मुक्तककार ऋषि बस्ताकोटीले प्रवासमा पुगेका नेपालीहरू पलायन मात्र भएका नभई नयाँ ठाउँमा सांस्कृतिक नेपालको निर्माण पनि भएको बताउँदै मुक्तकमा आफूले सिर्जनाको माध्यमबाट आफ्नो मुलुकलाई हेर्न अभ्यास भएको बताए।

कार्यक्रमका संयोजक डा.हिमलाल श्रेष्ठले स्रष्टा बस्ताकोटीको परिचय दिंदै विदेशमा रहेर पनि सिर्जना कर्म गरिरहनुका साथै पर्यावरणीय चेतना तथा साहित्यिक क्षेत्रमा विविध गतिविधि गर्दै आएका स्रष्टा भएको बताए।

कार्यक्रममा स्रष्टा बस्ताकोटीले आफ्ना केही मुक्तक वाचन गर्नुका साथ उनीसित मुक्तक लेखन र विदेशमा नेपाली साहित्यको अवस्थाबारे शमशेरबहादुर न्हुच्छे प्रधान, गोकुल अधिकारी, राजेशमान केसी, बुद्धिकुमार घो, पदमा खयरगोली, हरिगोविन्द भोमी लगायतले संवाद गरेका थिए।

कार्यक्रममा स्रष्टाहरू नवराज शर्मा, सुरेन्द्रलाल भुजू , नवराज पुडासैनी, सन्तोष श्रेष्ठ, हरिकृष्ण बखुन्छे, लक्ष्मी वैद्य, राजेश थापा, चैतन्य अधिकारी लगायतका व्यक्तिहरूको सहभागिता रहेकाे थियो।

आँपपिपल गोरखामा जन्मेका स्रष्टा बस्ताकोटी हाल अमेरिकाको नर्थ क्यारोलाइनामा बस्छन्।

प्रकाशित: ६ श्रावण २०८१ ११:२२ आइतबार

# Muktak sangraha