कला

स्रष्टाहरूलाई लुनकरण सम्मान

काठमाडौं – साहित्य, संगीतलगायत विविध विधामा योगदान पुर्‍याएका स्रष्टालाई राजधानीमा सम्मान गरिने भएको छ । लुनकरणदास–गंगादेवी चौधरी साहित्य कला मन्दिरले स्थापनाको २४ औं वर्षको अवसर पारेर स्रष्टा सम्मानको घोषणा गरेको हो।

हालै बसेको मन्दिरको पदाधिकारी बैठकको आख्यानकार भागीरथी श्रेष्ठलाई ‘गंगादेवी चौधरी स्मृति सम्मान’, इतिहासकार तथा अनुसन्धाता   प्रेम खत्रीलाई ‘इतिहासशिरोमणि बाबुराम आचार्य शोधसम्मान’, नेपाली काव्यका साधक दुर्गालाल श्रेष्ठलाई ‘सरस्वती सम्मान’, संगीतकार शुभबहादुर सुनामलाई ‘नारायणगोपाल संगीत सम्मान’, चित्रकार शशिकला तिवारीलाई ‘अरनिको ललितकला सम्मान’, अभिनेत्री मिथिला शर्मा बोहरालाई ‘बालकृष्ण सम रंग सम्मान’ र कवि तथा पत्रकार पूmलमान बललाई ‘नेपाल नवप्रतिभा सम्मान’ले सम्मानित गर्ने निर्णय गरेको हो।

आयोजकका अनुसार ‘गंगादेवी चौधरी स्मृति सम्मान’मा १ लाख रुपैंयाँसँगै प्रशस्ती–पत्र र अन्य सम्मानका लागि ५१ हजार रुपैंयाँसँगै प्रशस्ती–पत्र छ । यी सम्मान वैशाख २७ गते राजधानीमा प्रदान गरिनेछ ।

 

प्रकाशित: १५ चैत्र २०७४ ०३:२३ बिहीबार

स्रष्टाहरूलाई लुनकरण सम्मान