कला

‘कार्साङ’ को वर्कशपमा दयाहाङ

अभिनेता दयाहाङ राई चलचित्र ‘कार्साङ’ को वर्कशपमा सहाभागी भएका छन्। कलाकार र निर्देशकीय टिमको उपस्थितिमा काठमाडौंमा जारी वर्कशपमा अभिनेता राई पनि जोडिएका हुन्।

यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रको टिम यतिबेला वर्कसपसँगै छायाङ्कनको तयारीमा समेत जुटेको छ। यस चलचित्रका मुख्य पात्र अभिनेता दयाहाङ रहेका छन्।

केही महिना अघि बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गराइ शुभमुर्हत गरिएको फिल्म यसै साताबाट छायाङ्कनमा जाने तयारी रहेको निर्माण पक्षले जानकारी दिएको छ।

सामाजिक कथावस्तुमा निर्माण हुने यस चलचित्रको मुख्य कलाकारका रूपमा दयाहाङ राई, सृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी रहेका छन्। यसै फिल्ममार्फत नवनायिकाका रूपमा सृजना र छिरिङले डेब्यु गर्दै छन्।

यस्तै, चलचित्रमा माओत्से गुरुङ, पुष्कर गुरुङ, सम्राट क्षेत्री, राशी लिम्बु, सोहन थापा, कर्मा शेर्पा, छोकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना र सृष्टि ढुंगानाको पनि अभिनय रहने छ।

यस चलचित्रलाई यम शेर्पाले निर्देशनमा गर्दै छन्। उनको यो डेब्यू निर्देशन चलचित्र पनि हो। चलचित्रमा उनैको कथा, पटकथा तथा संवाद रहेको छ। शेर्पाले यसअघि थुप्रै साना चलचित्रको निर्देशन गरिसकेका छन्।

प्रकाशित: २ श्रावण २०८१ १०:०४ बुधबार

#Dayahang Rai #karsang