कला

चार स्रष्टालाई बासु शशी सम्मान

काठमाडौ  – कवि एवं नाटककार वासु शशीको ८२ औं जन्मजयन्तीमा चार स्रष्टालाई ‘बासु शशी सम्मान’ प्रदान गरिएको छ ।

बासु शशी स्मृति परिषदले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा कवि एवं आख्यानकार कृष्ण जोशीलाई ‘वासु शशी साहित्य सम्मान–२०७३’, साहित्यकार रमा शर्मालाई ‘वासु शशी साहित्य सम्मान–२०७४’ र कवि एवं समालोचक डा. सैलेन्दुप्रकाश नेपाललाई ‘वासु शशी साहित्य सम्मान–२०७४’ प्रदान गरेको हो।

स्रष्टालाई नेपाल प्रज्ञा प्रतिष्ठनका उपकुलपति डा. विष्णुविभु घिमिरेले सम्मान गर्दै बासु शशीसँगका बिताएका क्षणको स्मरण गरे । सम्मानित स्रष्टाले नेपाली साहित्यका विशिष्ट व्यक्तिको नामको सम्मान र पुरस्कार पाउँदा थप उर्जा मिलेको बताए।

कवि शशीका समकालिन साहित्यकार यादव खरेलले वासु शशीको व्यक्तित्व र संस्मरणबारे जानकारी दिए ।  कार्यक्रममा ‘यादव खरेल–संक्षिप्त परिचय’ सार्वजनिक गरिएको थियो । परिषद्का अध्यक्ष गणेश रसिक र सचिव प्रद्युम्न जोशीले शशीको साहित्यिक योगदानको विषयमा चर्चा गरेका थिए।

प्रकाशित: १५ चैत्र २०७४ ०२:४१ बिहीबार

स्रष्टालाई बासु शशी सम्मान