कला

रामकृष्ण ढकालको ‘मायाको घर’ सार्वजनिक

गायक रामकृष्ण ढकालको गीत ‘मायाको घर’ सार्वजनिक भएको छ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमबिच गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतमा ढकालसँगै आर्या वाणीको स्वर रहेको छ। कार्यक्रममा बोल्दै गायक रामकृष्ण ढकालले आफ्ना पुराना गीतहरू सुन्दै आएका सर्जकका लागि नयाँ किसिमको रहेको बताएका छन्।उनले गीत आफूहरूको तर्फबाट उत्कृष्ट बनाएको भन्दै दर्शकबाट पनि धेरै रुचाइने विश्वास जनाए।

गायक ढकालले दर्शकहरूको मायाकै कारण आज आफू रामकृष्ण ढकाल बनेको भन्दै अझै माया पाउने आशा व्यक्त गरे। 

प्रकाशित: २१ असार २०८१ १५:१८ शुक्रबार

#Singer Ramakrishna Dhakal #"House of Love"