कला

अनु विज्ञतिको अनौठो आभाष सार्वजानिक

गीतकार अनु विज्ञातिकाे अनौठो आभाष सार्वजनिक भएकाे छ। बबिना भट्टराईको युट्यूब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हाे।

म्यूजिक नेपालकाे रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीतमा बबिना भट्टराईले मीठाे स्वर दिएकी छन्। भट्टराईकै सुमधुर संगीत र कलात्मक अभिनयले गीतकाे राैनक थपेकाे छ।

गीतकार अनु विज्ञति साहित्य लेखनमा उत्तिकै सक्रिय छिन्। उनी लघुकथा, कविता, मुक्तक, नियात्रा जस्ता साहित्यकाे विधामा कलम चलाउँछिन्। अक्षररेखा (२०८०) उनकाे प्रकाशित लघुकथासङग्रह हुन्।

आफ्नै गतिमा चलिरहेका पाइलाहरू अचानक कोहीसँग ठोक्किएपछि मनमा लहराएका प्रेमिल लहरहरूलाई गीतमा प्रतिविम्बित गर्ने प्रयास गरेकाे गीतकार अनु बताउँछिन्।

प्रकाशित: १८ असार २०८१ १३:३९ मंगलबार

Lyricist Anu Vigjati From Babina Bhattarai's YouTube channel