कला

भाषा,साहित्य,कला,संस्कृतिको सम्वर्द्धन गर्न प्राज्ञ समाजको स्थापना

खाेटाङकाे दिप्रुङ चुइचुम्मा गाउँपालिकामा भाषा,साहित्य, कला, संस्कृतिको सम्वर्द्धन गर्न पालिका स्तरीय प्राज्ञ समाजको गठन भएको छ। साहित्यकार नरेन्द्र निर्विकारकाे अध्यक्षतामा प्राज्ञ समाजकाे गठन भएकाे हाे।

उक्त प्राज्ञ समाजमा केशव कार्की उपाध्यक्ष, आस्था कोपिला सचिव, गण्डकी चाम्लिङ सहसचिव र अनुपम जुन कोषाध्यक्षमा चयन भएका छन्।

त्यस्तै अन्य सदस्यहरूमा गोपालचन्द्र राई, रमेश खड्का, प्रविना राई, ज्ञानदिप राई, रमाकुमारी बस्नेत र विजय राई जुनार रहेका छन्।

आगामी बैठकले सल्लाहकारहरू चयन गर्ने र आवश्यकता अनुसार बाँकी सदस्यहरू थपिनेछ भएकाे छ।

प्रकाशित: १७ असार २०८१ १४:०० सोमबार