कला

दुबई जान लागेका राजेशपायल विमानस्थलबाट फर्काइए

एक साङ्गीतिक कार्यक्रमका लागि दुबई जान लागेका गायक राजेशपायल राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका छन्।

फलाई दुबई एयरलाइन्सबाट बिहीबार उनी दुबई जान लागेका थिए। बिहान १० बजेको उडान तालिका थियो।

अत्याधिक मदिरा सेवन गरी होहल्ला गर्न थालेपछि एयरलाइन्सले विमानस्थल सुरक्षा प्रहरी कार्यालयलाई जिम्मा लगाइदिएको बताइएको छ। त्यसपछि उनलाई प्रहरीले ट्याक्सीमा हालेर घर फर्काइदिएको विमानस्थल सुरक्षास्रोतले बतायो।

प्रकाशित: १३ असार २०८१ १६:४० बिहीबार

#Rajeshpayal Rai