कला

‘डान्स च्याम्पियन सिजन २’ जेठ २७ गतेदेखि प्रसारण हुने

डान्सिङ रियालिटी सो ‘डान्स च्याम्पियन सिजन २’ जेठ २७ गतेदेखि प्रसारण हुने भएको छ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । सो एपिवान टेलिभिजनमार्फत प्रसारण हुने आयोजक आईडिए स्टुडियोले बताएको छ । सिजन टु मा सोलो, डुयल, ट्रियो र ग्रुपमा समेत प्रस्तुति गर्न पाइने बताइएको छ  । 

प्रिमियरदेखि फिनालेसम्म निर्णायकले भिट्टो पावर लगाउन सक्ने व्यवस्था रहेको बताइएको छ । सोको लागि अडिसन राउन्ड सकिसकेको छ । कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले गीत, सङ्गीत, नृत्य र अभिनय सबै कलाकारिताका एक अर्काका परिपूरक भएको बताए। उनले अहिले पनि अवसर पाए नृत्य सिक्न मन रहेको बताए । उनले चलचित्रका लागि अहिले नृत्य सिक्नु अनिवार्य नै भइसकेको धारणा राखे । डान्स च्याम्पियन सिजन २’ सोमा कुनैपनि उमेर समूहकाले सहभागिता जनाउन सक्ने आयोजकले बताएको छ ।

प्रकाशित: २४ जेष्ठ २०८१ १९:३५ बिहीबार

#‘डान्स च्याम्पियन सिजन २’ #"Dance Champion Season 2"