कला

सिप र कलाकाे पारस्परिक सहयात्रा जीवनदायिनी

सिप र कला। अन्योन्याश्रित हुन्छ भने कला अनि सिप उसै पारस्परिक सहयात्री। नङ-मासुझैं अभिन्न। भिन्न गर्नु-फटाउनु अधर्म। बन्छ कला र सिप एकजुट। हुन्छ भएर एकजुट मर्मबोधि हस्तकला आविर्भाव। भएर एकजुट सिपको फुट्छ मूल।

सिपवान् नारी–पुरुष गर्छन् बलशाली योगदान आसपास। मधुर मधुर समाजप्रति। समाजसाथै संस्कार अनि मानवताप्रति। इतिहास अनि गर्न जगेर्ना जीवनदायिनी वरदायिनी माता स्वरूपै।

भूगोल हाम्रै। प्रकृति-पर्यावरण, शिखर, चुचुरो-पहाड, खोँचबेँसी, झर्ना, नदी, खोल्सा, जुटी सागर, महासागर। मिलनविन्दु भनूँ या विलय। प्रक्रिया यही। प्रसङ्ग, फोटोका रङ्गीन दानाहरूले उनिएका। ओखलमा च्युरा कुटिरहेका यी दुई महिलाका प्रसङ्ग।

२०२३ साल कात्तिकको अन्त मंसिरको आरम्भतिर थर्ड कन्ट्री अध्ययन-अवलोकन भ्रमणमा जुटेको झझल्को। दश जना थियौं पुरुष जवान हामी। सबैभन्दा कान्छो तन्नेरी-कुमार लालिमायुक्त हंसमुखयुक्त केटो थिएँ म।

भ्रमणद्वारा भारत, बंगलादेश र पाकिस्तान आदि। जयपुर राजस्थानका हावा महल हेर्दैगर्दा अगुवाइ गर्ने केटीले राखिन् जिज्ञासा– ‘तपाईं बम्बै (मुम्बई)बाट हो ?’, ‘नेपालबाट...।’, ‘किन र ?’, ‘तपाईं गाह्रो नअन्कनाई बोल्नुहुन्छ इङ्लिस...!’ भिन्न भिन्न चेहरा आआफ्नै धारणा। क्या मिठो अनुभूति सलल, सङ्लो, गङ्गाजल जस्तो।

कुण्डकुण्ड पानी मुण्डमुण्ड विचार! माझिएको उखान टुक्का पुर्ख्याैली हाम्रो। हुँदै आएका छन् पुस्तानपुस्तै निरन्तर आजसम्मै। हुँदै जानेछन् युगान्तर। आगामी पुस्ताभरि नै। बगेझैं पानी सङ्ल्याउँदै आफूले आफैंलाई। पानीको नैसर्गिक स्वभाव-गुण बग्नु निरन्तर। चोख्याउँदै सङ्ल्याउनु।

प्रकृति–पर्यावरणलाई चहार्नु हेर्नु ठानेको छु- युगीन धर्म। धर्मसाथ कर्म रहेको गाँसिएर गतिवान् प्रवाह लिएकोझैं ठान्छु। धारणा एकलकाँटे सही नहुन नि त लाग्छ। सच्याउने आधुनिक उपकरण अनेक छन् इच्छाइएझैं। अनुमान होइन, निष्ठावान् हनुमान् यो। निष्ठावान् हनुमान् भन्नाले अन्तरसङ्कल्प अगाडि पर्छ। श्रद्धा जहाँ छ भक्तिभाव हुन्छ। उद्भव निष्ठापूर्वक। जहाँ निष्ठा सङ्कल्प अर्पिन्छ।

अन्तरआत्मादेखि श्रद्धा भाव बुर्लुक्किन्छ छुन सबै यी भित्री चेतदेखिका मर्म बोध। बुद्धले भनेथे, बोधितत्त्व। बिर्सिनसकी नहुने धर्म-निष्ठापूर्वक ! धर्म-कर्म, कर्म-धर्म। जुटेका हुन्छन् परस्पर र पारस्परिकता दृष्टि पुलकिलता। दृष्टिले सञ्चार गर्छ अन्तरचेतसम्म ढलानजतिकै मजबुत पक्का।

अन्तरदेशीय भ्रमण। खुलाउँदो रहेछ अन्तरचेत। पारस्परिक भावधारा। सहअस्तित्व बोध। अन्तरमिलन। चुम्बन... आलिङ्गन। अन्तरघुलन वरदान जीवन। वाहवाह, हे भगवान्! कोरियन युद्ध समापन भएको केही समयअघि। ठाउँठाउँमा युद्ध अवशेष देखिए।

अनेक भग्नावशेष। हृदय विदारक दृश्यावली। ५०० माइल हाँक्दै साँझपख पुगियो गन्तव्य। कहालीलाग्दो यात्रा। उत्तरध्रुवीय नाका। उधुम जाडो लगलगिने। पत्रेदार चट्टान, ढुंगेघर। न्यानो पार्ने विधिविधान मौलिक। घर न्यानो पार्ने तौरतरिका आफ्नै। घरको भुइँतल्ला खनिएको।

खाडलमा त झारपात हाँगाबिँगा बालेर पत्रेढुंगा पाटो तातेपछि न्यानोको न्यानै। मजाले विलय हुने रात। अनुभूति नौलो। शिक्षाप्रद। प्रत्यावर्तनीय। ५०० वर्ष पुरानो गोल रुख अजङ्गे। मस्तिष्क काँचै। अहिलेझैं थिएन। ३५ मिटर अग्लो बुद्धको महामूर्ति। बुद्धले नटेकेको भूमिमा उभिएका महामानव गौतमबुद्ध। गौप्राणीमा उत्तम गौतम। आधा शताब्दीपछि भए पनि ओकल्दै बाँड्नु नियात्राका सार-रौनक।

यात्राको पनि बन्दो रहेछ नियात्रा ! यात्रापछि आफैंभित्र पर्लकिनु नियात्रा। ध्यानचित्तवृत्तिलाई काबुमा राख्ने साधना आफैंमा नसकी काबुमा राख्न आफैंभित्र एकाग्रता कला सकिन्न गर्न सूक्ष्म साधना। सकिन्न प्रयोग गर्न सिप साधना कलाबिना।

कला र सिप, सिप र साधना एकआपसमा दम्पती। प्रजनन गर्छन् नयाँ नौलो आकृति धरेका कलात्मक स्वरूप मनोविनोदहरूका। सरलतम र सामान्यदेखि जटिल गहनतमसम्म। यस्ता सिपवान् कला साधनाले हुन्छ जगाएको अन्तरचेत। गम्भीर अवलोकनकर्ता।

मूर्तताभित्रका अमूर्त अर्थबोध गर्दा हुन्। अन्तरबोधि बुद्धतत्त्वमा। अन्तरबोधि ज्ञान–चक्षु त दिव्य दर्शन गर्छ भव्य। भव्य दर्शनले धारण गरेको हुन्छ उज्ज्वल भविष्य।

हुँदोरहेछ स्वाद परिकारमा मिल्दोजुल्दो। रुचाउँछौं हामी तोरीगुन्द्रुक हदैसम्म। मन पराउँदा रै’छन् उनीहरू बन्दाकोबीका पत्रे त्यान्द्रोको गुन्द्रुक पारेर खान। सम्भवतः तोरी खेती नहुँदो हो हाम्रामाझै पचास पचपन्न वर्षअघिका अनुभूति तुहिसके तापनि। यान्त्रिक युग यो।

हाम्रोमा त मेसिनले च्युरा कुट्ने युगसापेक्ष प्रविधिले ढप्किसके भने दक्षिण कोरियाको के कुरा? अवशेष मात्र हुन सक्ला परिवेश अहिलेकोमा ! समय स्थिर नहुने प्रकृतिजन्य वास्तविकता यथार्थमा। सकिन्छ कहाँ र यथार्थमा नस्वीकार्न। भनिन्छ त्यसैले ‘प्रकृति विरुद्धम् नाचरनियम’ प्रकृतिको विरुद्धमा आचरण वा बानी ब्यहोरा नगर्नु धर्म!

पूर्वीय जीवनदर्शन आदिमकालैको। प्रकृतिमाथि विजय उद्घोषका उत्कण्ठाका विज्ञानवेत्ताहरू पनि स्विकार्न थालेका छन्– प्रकृति संरक्षण अनि जोगाउ गर्नु नितान्तनीय।

प्रकाशित: ५ जेष्ठ २०८१ ०८:५५ शनिबार

Skill and art mutual companion life-giving boon