कला

जेम्सको छैटौं एल्बम

काठमाडौं – पप गायक जेम्स प्रधानले सात वर्षपछि संगीत पारखीका लागि नयाँ एल्बम  लिएर आएका छन्। राजधानीमा मंगलबार एक कार्यक्रम गर्दै उनले ‘क्रम’शीर्षकको एल्बम आफैलेसार्वजनिक गरे।

सांगीतिक करियरको छैटौं एल्बम ल्याएका उनले आफ्नै कारण एल्बम ढिलो बजारमा ल्याएको बताए। ‘म आफैं अल्छे भएँ। त्यसमा पनि २५ वटा गीतमध्ये कुन चाहिँ गीतलाई एल्बममा समेट्ने भन्ने तनाव भयो,’उनले भने,‘तीनै २५ वटा गीतमध्येबाट आफूलाई मनपरेका ९ वटा गीतलाई यो एल्बममा समेटेको छु।’

उनको एल्बममा ‘ए सुन्दरी’, ‘भागेर जाउ’, ‘बोया वोने नु’, ‘एकैछिन पर्ख’, ‘गाउँदैछु गीत’, ‘गितम’, ‘हामी धुलै बाट’, ‘घुम्न जाउँ’ र ‘कोही कोही’ बोलका गीत छन्। गायक जेम्सले आफ्नै पुराना फ्लेबरका संगीतलाई एल्बममा समेटेको बताए। कार्यक्रममा दुई गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो। दुवै भिडियो जेम्सले नै निर्देशन गरेका हुन्। पछिल्लो समय जेम्स विज्ञापन फिल्ममा भ्वाइस ओभर गर्ने र संगीत गर्ने काममा व्यस्त छन्।

प्रकाशित: ७ चैत्र २०७४ ०३:०४ बुधबार