कला

कासालाउञ्जमा 'नाइन्टिज रिलोडेड' साङ्गीतिक साँझ हुँदै

दरबारमार्गस्थित ’कासालाउञ्ज एन्ड बार’ले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा र मनोरञ्जन प्रदान गर्दै दरबारमार्गकै एक उत्कृष्ट र सबैले रुचाइएको लाउञ्जको रूपमा आफूलाई चिनाउन सफल भएको छ।

आफ्नो ग्राहक तथा शुभचिन्तकहरूलाई थप मनोरञ्जन प्रदान गर्न नयाँ वर्ष २०८१ को पहिलो महिना पारेर यही वैशाख १५ गते शनिवार साङ्गीतिक कार्यक्रम आयोजना गर्दै छ। 

लाउञ्जले पुराना चर्चित पप गायक गायिकाहरूलाई लिएर क्लासिक भाईब्स झल्किने गरी ’ब्याक टु नाइन्टिज’ नामक भव्य र सभ्य कार्यक्रम आयोजना गर्न लागेको हो।

कार्यक्रममा ९० दशकका चर्चित गायकहरू सञ्जय श्रेष्ठ, सञ्जिब प्रधान, ज्योति घिमिरे, जेम्स प्रधान, सुमन श्रेष्ठ, कवीन्द्र श्रेष्ठ, रविन महर्जन लगायत सुरक्षा मल्लले आफ्नो चर्चित गीतहरू मार्फत भरपुर मनोरञ्जन दिन जुटिसकेका छन्। 

कासालाउञ्जले विगतमा चर्चित तर हाल गुमनाम रहेका गायक गायिकाहरूलाई पनि लिएर आउने दिनहरूमा थप कार्यक्रमहरू गर्दै लैजाने कासालाउञ्जका प्रबन्ध निर्देशक राम प्यारा श्रेष्ठले जानकारी दिए।

दरबार मार्गको मुटुमै रहेको यस लाउञ्जमा पुराना चर्चित कलाकारहरूको प्रस्तुतिले अझ थप चर्चा कमाउने र कासालाउञ्जलाई माया गरी पाल्नुहुने आत्मीय ग्राहक महानुभावहरूले पनि अवश्य भरपुर मनोरञ्जन लिने कुरामा दुई मत नरहने कुरामा आफू विश्वस्त रहेको उनी बताउँछन्।

प्रकाशित: १४ वैशाख २०८१ १५:०२ शुक्रबार

मनोरञ्जन ’कासालाउञ्ज एन्ड बार साङ्गीतिक साँझ