कला

मेरो र मायाको भ्रममा नपर्नु मान्छे!

मुक्तक

१) मुक्तक

जित्न र हार्नलाई आएको हैन मान्छे,

हीरा र पत्थरमा छाएको हैन मान्छे।

मेरो र मायाको भ्रममा नपर्नु मान्छे,

नलाई प्रेम कृष्ण पाएको हैन मान्छे।

२) मुक्तक

न सोध्यौ तिमीले, न सोधें मैले,

कसरी कुन वाचा तोडें मैले।

अँगालेर सधैंसधैं राख्न चाहेथें,

कुन बाटाको घुम्तीमा छोडें मैले?

३) मुक्तक

केही कहर तिमीमा छायो,

केही लहर ममा छायो।

समय सीमा न हो जीवन,

वर्तमानको जहर हामीमा छायो।

४) मुक्तक

मुस्कान हैन जीवनमा अब केही छैन,

जो विना चल्दैन जीवन, अब त्यही छैन।

चिरेर छाती किन के देखाउँ अब हाँसो खुशी हर्ष,

अब केही छैन, जो विना चल्दैन जीवन, अब त्यही छैन।

५) मुक्तक

तिम्रै लागि अलिकति दुःख बोकेर हिंडेको छु,

नसानसामा तिम्रै ढुकढुकी छोपेर हिंडेको छु।

आलोआलो नै छन् घाउखतहरू यहाँ,

आफैंलाई आज... रोपेर हिंडेको छु।              

प्रकाशित: ३ वैशाख २०८१ १०:०७ सोमबार

अक्षर