कला

सर्जकले मनायाे मुक्तकीय नयाँ वर्ष

नेपाल मुक्तक मञ्च, काठमाडौ शाखाको आयोजनामा नयाँ वर्षको अवसरमा मुक्तक वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ।

नेपाल मुक्तक मञ्च, काठमाडौं शाखाको अध्यक्ष राजेन्द्र घिमिरे सागरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी किशोर र विशिष्ट अतिथि संसाक मासिकका सम्पादक उमेश पाण्डे र कल्पलता द्वैमासिकको प्रकाशक रेणु अधिकारी मौनता रहेका थिए।

नेपाल मुक्तक मञ्च, काठमाडौं शाखाको सचिव तारा केसीले सञ्चालन गरेको उक्त कार्यक्रममा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदानसहित मुक्तककारहरू ज्ञान्दरी कैनी, भवानीमैया पन्त, पार्वती पुडासैनी, उत्तम भेटुवाल, माधव बिडारी चेतनपथ, हरिकृष्ण धिताल (एचके धिताल) र यशोदा अधिकारीले आआफ्नो मुक्तक वाचन गरेका थिए।

उक्त अवसरमा डा.दामोदर पुडासैनी, उमेश पाण्डे र रेणु अधिकारी मौनताले पनि आआफ्नो सिर्जना प्रस्तुत गरेका थिए।

उक्त कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी किशोरले साहित्यको जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने, साहित्यकारहरू बिचको नियमित जमघटले साहित्यमा निखारता आई उत्कृष्ट साहित्य सिर्जना हुने धारणा व्यक्त गरेका थिए। यो वा त्यो नभनी सबै एकजुट भई साहित्यको शिर उँचो बनाउनुपर्ने पनि डा. पुडासैनीले  बताएका थिए।

कार्यक्रमको विशिष्ट अतिथि संसाक मासिकको सम्पादक उमेश पाण्डेले कार्यक्रममा नयाँ वर्षको शुभकामनासहित साहित्यकारहरूको हकहितबारे बाेलेका थिए।

त्यस्तै कल्पलता द्वैमासिकको प्रकाशक तथा विशिष्ट अतिथि रेणु अधिकारी मौनताले साहित्य र साहित्यकारको उन्नयनको लागि आफू सदा लागिपर्ने बताएकी थिइन्।

प्रकाशित: २ वैशाख २०८१ १३:४३ आइतबार

अक्षर