कला

८६ वर्षे गिरीलाई दमन्ता नारी स्रष्टा सम्मान

नेपाल स्रष्टा समाजले २०८१ को दमन्ता नारी स्रष्टा सम्मान ८६ वर्षीय लता गिरीलाई प्रदान गर्ने भएको छ।

ओझेलमा परेको संघर्षशील नारी स्रष्टालाई दिइने यो सम्मान १५ हजार नगद सहित सम्मानपत्र रहेको छ।

११ वर्षको उमेरमा विवाह गरेर ३५ वर्षदेखि एकल महिला बनेका गिरीले महिला जागरणका लागि शिक्षा, स्वास्थ्य, स्वरोजगार र साहित्यिक क्षेत्रमा योगदान पुर्‍याएका छन्। उनका तीन भजनसंग्रह र चेतनामूलक गीतहरू रेकर्ड भएका छन्।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनका अनुसार सो सम्मान आउँदाे वैशाख ९ गते प्रदान गरिंदै छ।

साहित्यकार पुष्पा खनालले आफ्नाे आमाको नाउँमा स्थापना गरेको सो सम्मानबाट सिर्जना शर्मा, डिक्रा वादी, इन्द्र गहतरात, प्रतिमा पोखरेल, निर्मला मुरारी र यमुना अधिकारी पराजुली सम्मान भइसकेका छन्।

प्रकाशित: २ वैशाख २०८१ १०:५८ आइतबार

अक्षर नेपाल स्रष्टा समाज