कला

साहित्यिक पत्रकारिताबारे छलफल तथा सम्मान

साहित्यिक पत्रकार संघले साहित्यिक पत्रकारिताबारे छलफल कार्यक्रमको आयोजना गरेकाे छ।

साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथिमा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे रहेका थिए।

उक्त कार्यक्रममा साहित्यिक पत्रकारिताको अवस्था, समस्या र चुनौतीबारे समालोचक प्रमोद प्रधान, नेपाल स्रष्टा समाजका अध्यक्ष एवं गोरखापत्र र मधुपर्कका पूर्व प्रधान सम्पादक श्रीओम श्रेष्ठ रोदन र शारदा मासिकका सम्पादक विमल भौकाजीले आअफ्नो धारणा राखेका थिए।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई सोही कार्यक्रममा सम्मान पनि गरिएको थियो।

कार्यक्रममा स्वागत एवं कार्यक्रमको उद्देश्यबारे बोल्दै अध्यक्ष लेकालीले साहित्यिक पत्रकारिताबारे चर्चा गर्दै प्रेस काउन्सिलले साहित्यिक पत्रकारिताका लागि नियमन गर्ने अलग निकाय बनाउनुपर्ने, बजेट पनि अलग हुनुपर्ने र मूल्यांकन सरल हुनुपर्ने भन्दै साहित्यिक पत्रकार महासंघ निर्माण गरिनुपर्ने बताएका थिए।

कार्यक्रममा प्रमुख अतिथि रोचक घिमिरेले साहित्यिक पत्रकारिताको इतिहासबारे चर्चा गर्दै कार्यक्रम आयोजना गरेकोमा संघलाई धन्यवाद दिएका थिए भने हिमाल आरोही तेम्बा छिरी शेर्पाले सम्मानित बस्नेतको हिमाल यात्राबारे चर्चा गरेका थिए।

यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सम्मानित बस्नेतलाई बधाई ज्ञापन गरेका थिए।

साहित्यकार श्रीबाबु कार्कीले चलाएको उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई सम्मान पनि गरिएको थियो।

उक्त कार्यक्रममा सम्मानित व्यक्तित्व बालकृष्ण बस्नेतको परिचय पत्रकार एवं कवि तथा प्रेस काउन्सिल नेपालका सदस्य ठाकुर बेलवासेले गरेका थिए। सापसका पूर्व अध्यक्ष कलाकार एवं कवि नरेन्द्रबहादुर श्रेष्ठले धन्यवाद दिएको कार्यक्रममा विशिष्ट अतिथिहरू वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गीतकार एवं समाजसेवी शोभित उप्रेती, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बिओटीका अध्यक्ष पदम विश्वकर्मासहित साहित्यिक पत्रकार साहित्यकारहरू जयदेव भट्टराई, राजेश खनाल, सिद्धराज राई, अच्युत घिमिरे, सरस्वती गौतम, रुद्र अधिकारी, श्याम प्रधान, रमेश दाहाल, युवराज शर्मा, सुधिर धिमिरे, प्रवीण प्रधान, मोहन बास्तोला, प्रेम राना, प्रकाश ओली, ज्ञानेन्द्र कार्की, अमित ठाकुर, दामोदर न्यौपाने, जगत पोखरेल लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: ३० चैत्र २०८० १२:३४ शुक्रबार

अक्षर साहित्यिक पत्रकार संघ