कला

हजारौंको भिडमा सार्वजनिक

स्रष्टा कमला घिमिरे अधिकारीकाे हजारौंको भिडमा गीत सार्वजनिक भएकाे छ। वरिष्ठ गायिका अन्जु पन्तकाे मीठाे स्वर रहेको साे गीत स्रष्टा घिमिरे अधिकारीकाे आफ्नै युटुब च्यानल हनी बि कमला घिमिरेमार्फत सार्वजनिक भएकाे हाे।

घिमिरेकाे आफ्नै शब्द र संगीत रहेकाे साे गीतकाे संगीत संयोजन वरिष्ठ संगीतकार बलराम समाल मगरले गरेका हुन्।

स्रष्टा घिमिरे शिक्षा क्षेत्रमा आबद्ध छिन्। उनका यसअघि साथी, पुतली र मादलको ताल नामक बालगीतहरू रेकर्ड भइसकेका छन्। उक्त बालगीतहरूको छायांकन समेत भइसकेको छ र सोही युटुब च्यानलमार्फत प्रसारण भइरहेको छ।

गीत, बालगीत, मुक्तक, हाइकु, लघुकथा, गजल आदिमा कलम चलाउने साहित्यकार घिमिरे   लमजुङमा जन्मिएर काठमाडौंमा बसोबास गर्दै आएकी छन्।

महको महलमा (हाइकुसङ्ग्रह, २०७९), मामाघर (बालकवितासङ्ग्रह,२०७९) र रश्मि (मुक्तकसङ्ग्रह, २०८०) उनका  प्रकाशित कृति हुन्।    

प्रकाशित: २० चैत्र २०८० ०७:५५ मंगलबार

अक्षर