कला

कवि छविरमण सिलवालको ‘डोरम्याट’ लोकार्पण

नेपाल स्रष्टा समाजले कवि छविरमण सिलवालको कवितासंग्रह ‘डोरम्याट’ लोकार्पण गरेकाे छ। काठमाडौंको बत्तिसपुतलीस्थित शिल्पी नाटकघरमा अतिथि र सहभागीहरूले एकैसाथ कृतिको लोकार्पण गरेका हुन्।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनकाे अध्यक्षता तथा वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीकाे प्रमुख आतिथ्यमा नयाँ ढंगले कार्यक्रम सम्पन्न भएकाे थियाे।

कार्यक्रममा वरिष्ठ समालोचक प्राडा लक्ष्मणप्रसाद गौतम, नेपाल स्रष्टा समाजका संरक्षक पवनआलोक, प्रकाशक भुँडीपुराण प्रकाशनका केशव पराजुली लगायतले कवि सिलवाललाई बधाई तथा शुभकामना दिएका थिए।

समाजका महासचिव देविका तिमल्सिनाले स्वागत मन्तव्य प्रस्तुत गरेकाे कार्यक्रम दुई शृंखलामा सम्पन्न भएकाे थियाे। समाजका सदस्य मधु पाठकले  पहिलो शृंखला र कवि आफैंले दोस्रो शृंखला सञ्चालन गरेका थिए।

कृतिबारे कसैले चर्चा नगरेकाे कार्यक्रममा कृतिका केही कविता टंक उप्रेती, प्रोल्लास सिन्धुलिय, ठाकुर बेल्बासे, मणि लोहनी, आरएम डंगोल, अनन्तप्रसाद वाग्ले लगायतले  वाचन गरेका थिए।

प्रकाशित: १८ चैत्र २०८० १२:५४ आइतबार

अक्षर