कला

नवीन सभ्यता

लघुकथा

दुई देश बीच सानोतिनो युद्ध भई नै रहने भए तापनि प्रत्यक्ष रूपमा ठूलो युद्ध नभएको धेरै भैसकेको थियो। केही समय युद्ध बन्द जस्तै भयो। सबै शान्त  रह्यो। बन्द भएका विद्यालयहरू खुल्न थाले।

युद्ध खासमा मातृभूमिको विषयमा थियो। धनी छिमेकीको आड पाएर, पछि आएको नयाँ बेग्लै सम्प्रदायले अरू ठुला शक्तिशाली धनी राष्ट्रहरूको सहयोगले त्यहाँ आफ्नो हक जमाएको थियो।

त्यस्तै त्यहाँका आदिवासीहरूले पनि आफूलाई  थिचोमिचो गर्ने शत्रुलाई त्यहाँबाट हटाउने भरमग्दुर प्रयत्न गरिरहेका थिए। उनीहरूलाई पनि अरू शक्त्तिशाली धनी छिमेकी देशले हातहतियार, गोलावारुद सहयोग गरेका थिए।

अरवाज एघार वर्षको केटा थियो। उसलाई मामाघर जान रमाइलो लाग्थ्यो। त्यहाँ  मामाको छोरा भाइ अरमान साथी थियो। हजुरआमाले पनि धेरै माया गर्नुहुन्थ्यो। उसको घर र मामाघर मोटरमा जाँदा एक घण्टा लाग्थ्यो। बिदामा केही दिन बस्छु भनेकाले आमाले पुरयाएर आएकी थिइन्। मामा घर आएको दुई दिन मात्र भएको थियो जताततै शत्रुको गोला बारुद्ध बर्सिन थाल्यो।

हजुरआमा आत्तिदै “आर्यमन, तिमी आफ्नो घर अन्तरकुन्तरबाट लुकेर हिंडेर जाऊ ’’ भन्दै एक सिसी पानी, बिस्कुट र उसकाे घरको ठेगाना उसैले लगाएको कमिजको अगाडि र पछाडि लेखिदिएर “जाऊ, गैहाल’’ भनिन्।

अरमान दौडियो। त्यसैबेला मामाघरको टोलछिमेक सबै शत्रुको गोलाबाट दनदनी बल्यो। अरमन आत्तिदै दौडियो। लड्यो, घुँडा ठोकिएर दुख्यो, रगत बग्यो। ऊ दौडी नै रह्यो। घर पुग्ने बेलामा धुवाँको मुस्लोको बीचमा उसले आफ्नो घर देख्यो।

आमाले आर्यमन “भनेको पनि सुन्यो। ऊ “आमा ...’’ भन्दै दौडियो। त्यसै बीच शत्रुको गोली आएर उसको छातीमा लाग्यो।

उसले फेरि  “आमा... ’’ भन्यो। अनि उसको  निर्जीव शरीर जमिनमा ढल्यो।

प्रकाशित: १६ चैत्र २०८० ११:४९ शुक्रबार

xअक्षर