कला

सम्पन्न भयाे तेस्रो आदित्य मोक्षधाम काव्य गोष्ठी

‘तेस्रो आदित्य मोक्षधाम काव्य गोष्ठी’ सम्पन्न भएको छ। साहित्यिक पत्रकार संघ र आदित्य मोक्षधामको संयुक्त निमन्त्रणामा राजधानीबाट गएका कविहरू र बनेपाका कविहरूले दुई चरणमा कविता वाचन गरेका थिए।

पहिलो चरणमा बाल गुरुका शिष्य व्यावसायी क्याप्टेन रामेश्वर थापाको घरको आँगनमा कविता वाचन गरिएको थियो।

डा. बुनु दाहाल, उषा केसी, पारु तिमल्सिना, श्रीबाबु कार्की, गीता कार्की, कल्पना खरेल, सुभाषचन्द्र पौडेल भीमफेदीया, विजयध्वज थापा, राज रजक, द्वारिका ढुंगाना, रुद्र अधिकारी, ज्ञान्दरी कैनी र राधेश्याम लेकालीले प्राकृतिक सुन्दरतालाई साक्षी राखेर रचना वाचन गरेका थिए।

साहित्यिक पत्रकार संघ (सापस) का अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो काव्य गोष्ठीमा विशेष अतिथिमा माननीय कवि मीना श्रेष्ठ र क्याप्टेन रामेश्वर थापा रहेका थिए।

सोही अवसरमा अध्यक्ष लेकाली, क्याप्टेन रामेश्वर थापा र ॐ आदि फाउन्डेसनका रामेश्वर थापाले कार्यक्रमको उद्देश्य र बालगुरु आदित्यबारे प्रकाश पारेका थिए।

कवि एवं संचारकर्मी ठाकुर बेलबासेले कार्यक्रम संचालनसहित सहजीकरण गरेका थिए। सात्विक भोजनसँगै पहिलो चरणको कार्यक्रम समापन भएको थियो। वन, वनेलीको दृश्यावलोकन सहित मोक्षधाम उक्लेका कविहरू दंगदास भएका थिए।

दोस्रो चरणको कार्यक्रम बाल गुरुसहित प्रमुख अतिथि पूर्व प्रधानमन्त्री केपी ओलीले वरिष्ठ कवि एवं जरामा कलाको अर्थ खोज्ने कलाकार नरेन्द्रबहादुर श्रेष्ठका विभिन्न शीर्षकको कलाहरूको प्रदर्शनीको उदघाटन गरेका थिए।

दोस्रो चरणको औपचारिक  कविता गोष्ठीको सभापति क्याप्टेन रामेश्वर थापा थिए। गुरु योगी चैतन्य आदित्यनाथको उपस्थिति रहेको सो कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री केपीओली सहित पूर्व उपप्रधानमन्त्रीहरू ईश्वर पोखरेल, विष्णु पौडेल, पूर्व मन्त्रीहरू प्रदीप ज्ञवाली, गोकुल बास्कोटा, रेशम लामा, पनौती नगरपालिकाका मेयर रामशरण भण्डारी, धुलिखेल नगरपालिकाका मेयर अशोक बेन्जु, काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापा, रजिस्ट्रार अच्युत वाग्ले, ॐ आदि फाउन्डेसनका विशिष्ट सल्लाहकार लक्ष्मी प्रसाईं, अध्यक्ष उपेन्द्र महतो, गुरु पिता लगायतको उपस्थिति रहेको थियो।

दोस्रो चरणमा कविता र गुरु मन्त्रको पाठ गरिएको थियो। कविहरू मन्जिला अनिल, ममता मृदुल, मुरारि सिग्देल, सुषमा आचार्य, विक्रमभक्त जोशी, प्रदीप  ज्ञवाली, हरि मन्जुश्री, रामप्रसाद पन्त, एलिसा ढुंगाना, लव खड्का, हरिश कल्पित, डा शान्तिमाया गिरी, सुमन वर्षा, मीना श्रेष्ठ ,भानुप्रकाश जोशी, विकास शर्मा, निर्मलरमण पराजुली, राज रजक, जीवन प्रकाश श्रेष्ठ, रितु कँडेल, पूर्णबहादुर श्रेष्ठ, भानु जोशी, अनुसुया ढुंगेल, गीता कार्की, पारु तिमल्सिना लगायतले आध्यात्मिक कविता पाठ गरेका थिए।

यसैगरी समालोचकहरू प्राडा गोविन्दमान सिंह कार्की, ज्ञानु अधिकारी, साहित्यकारहरू पूर्णबहादुर श्रेष्ठ, उषा केसी, श्रीबाबु कार्की, कल्पना खरेल, सुभाषचन्द्र पौडेल भीमफेदीया, विजयध्वज थापा, प्रदीप सापकोटा, राज रजक, द्वारिका ढुंगाना, रुद्र अधिकारी, ओमकुमारी बन्जारा तथा जीवनकुमार श्रेष्ठ, निरु श्रेष्ठ, हेम शर्मा मैनाली, निशा रिमाल,  निश्चलबहादुर श्रेष्ठ लगायतले गुरु मन्त्र वाचन गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री केपी ओली ॐ आदि फाउन्डेसनका अध्यक्ष उपेन्द्र महतोले विशेष मन्तव्य राखेका थिए।

यसैगरी कार्यक्रमका संयोजक गुरु शिष्य सागर थापाले पत्याउन नसकिने अद्भुत ज्ञान गुरुभित्र रहेको छ, गुरुको ज्ञानबाट अपार उर्जा र प्रेरणा मिलेको छ, ज्ञान र ध्यानबाट मात्रै गुरु कृपा पाउन सकिन्छ, सत्संग गर्न त्रिगजुर शिवालय कुमारीगाल आउन सबैलाई अनुरोध गरेका थिए।

कलाकार नरेन्द्रबहादुर श्रेष्ठले गुरुसँग कसरी साक्षात्कार भयो भन्ने अनुभूति “कलियुगको आदित्य ज्योतिपथ“ पुस्तकबाट पढेर सुनाएका थिए।

कार्यक्रमका सभापति सापसका अध्यक्ष राधेश्याम लेकालीले कविता यात्राको उदेश्यमाथि प्रकाश पार्दै धन्यवाद ज्ञापन गरेका थिए। अध्यक्ष लेकालीले ॐआदि फाउन्डेसन परिवारसहित क्याप्टेन रामेश्वर थापा र सागर थापासहित जरा प्रदर्शनीको लागि कलाकार नरेन्द्रबहादुर श्रेष्ठ लगायत कार्यक्रमका सहभागी सर्जकलाई धन्यवाद दिएका थिए।

प्रकाशित: १५ चैत्र २०८० १२:०४ बिहीबार

अक्षर साहित्यिक पत्रकार संघ (सापस)