कला

‘महाजात्रा’ को पोस्टर सेयर गर्दै ओली भन्छन्: समय मिलेमा म पनि हेर्छु

आजदेखि नेपाली फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आएको छ।

फिल्मलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि समय मिले हेर्ने बताएका छन्। फेसबुकमा पोस्टर सेयर गर्दै उनले समय मिलेमा फिल्म हेर्ने बताएका हुन्।

उनी लेख्छन्, ‘हरिवंश आचार्य मलाई मनपर्ने कलाकार हुनुहुन्छ। आजदेखि उहाँको महाजात्रा चलचित्रको प्रदर्शन सुरु हुने रैछ। अघि सामाजिक सञ्जालमा पोष्टर हेरें। यो फिल्ममा पछिल्लो पटक धेरैले प्रशंसा गरेका डाइरेक्टर प्रदीप भट्टराईको कला र अत्यन्तै राम्रो अभिनय भएका अभिनेता विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल र अभिनेत्री वर्षा राउतको अभिनय एकै पटक हेर्न पाइने रहेछ। समय मिलेमा म पनि हेर्छु।’

निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा ‘महाजात्रा’ षट्कोण आर्टसले निर्माण गरेको ‘ ‘जात्रा’ र ‘जात्रै जात्रा’ को व्यावसायिक र समीक्षात्मक सफलतापछि तयार भएको तेस्रो शृङ्खला ‘महाजात्रा’ हो।

यो भागमा ‘जात्रा’ शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अरविन खड्का, प्रकाश घिमिरे, राजाराम पौडेलसँगै यसपटक अभिनेता हरिवंश आचार्य, दिव्य देव, गौमाया गुरुङ थपिएका छन्।

प्रकाशित: ९ चैत्र २०८० १३:०५ शुक्रबार

फिल्म ‘महाजात्रा’ एमालेका अध्यक्ष केपी शर्मा ओली