कला

फिल्म 'नायक' को सिक्वेल बन्ने

अभिनेता अनिल कपुर र अभिनेत्री रानी मुखर्जी स्टारर ‘नायक’ दर्शकले सर्वाधिक रुचाएको राजनीति र एक्सनपूर्ण मनोरञ्जन फिल्ममा पर्दछ।

फिल्ममा अनिल कपुरले निभाएको  ‘नायक’ पात्रलाई आज पनि आइकोनिक मानिन्छ। यो फिल्ममा अनिलले निर्वाह गरेको शिवाजी राव गायकवाडको चरित्रलाई अहिले पनि राजनीतिक अभिव्यक्तिको रुपमा लिइन्छ।

फिल्मले अप्रत्याशित रूपमा मुख्यमन्त्री बनेका शिवाजी राव (अनिल कपूर) को जीवनलाई चित्रण गरेको छ। निर्देशक एस शंकरले बनाएको मध्ये सर्वाधिक हेरिएको फिल्ममा ‘नायक’ पनि पर्दछ। फिल्मको पर्दामा मात्र होइन, टेलिभिजनमा पनि यो फिल्म सर्वाधिक हेरिएको छ।

अब भने यो फिल्मको सिक्वेल ‘नायक २’ बन्ने भएको छ। फिल्म निर्माणको २३ वर्षपछि सिक्वेल बन्न लागेको हो।

सिद्धार्थ आनन्दले निर्माण गर्ने फिल्मको निर्देशन मिलन लुथ्रियाले गर्नेछन्। उनीहरुले मार्फिक्लस पिक्चरको व्यानरमा यो फिल्म बनाउन लागेका हुन्। उनीहरूको पछिल्लो फिल्म ‘फाइटर’ले विश्वव्यापी रूपमा ३ सय ५० करोडको कलेक्सन गरेको थियो। ‘नायक २’लाई राजनीतिको पृष्ठभूमिमा व्यावसायिक मसलेदार फिल्म बनाउने तयारीमा सिद्धार्थ र मिलन लागेका छन्।

धेरैलाई चासो हुनसक्छ– दोस्रो श्रृंखलामा पनि अनिल कपुरले अभिनय गर्लान् रु सन् २०२४ को अन्त्यसम्म छायांकनमा जाने बताइएको दोस्रो श्रृंखलामा अनिलले निरन्तरता पाउँछन् कि पाउँदैनन्, यसबारे केही बताइएको छैन।

प्रकाशित: ८ चैत्र २०८० १३:१० बिहीबार

फिल्म 'नायक' अभिनेता अनिल कपुर अभिनेत्री रानी मुखर्जी