कला

आज महिला लेखकहरूको पुस्तक मेला

सधैंभरि मिश्रित पुस्तक मेला हुँदै आएकोमा शनिवार नेपाली महिला लखेकहरूले मात्र लेखेका पुस्तकहरूको पुस्तक मेला हुँदेछ। नेपालमा यस्तो मेला पहिलोपटक हुन लागेको आयोजक संस्थाले जनाएका छन्।

राजधानीको बबरमलस्थित नेपाल कला परिषदको भवनमा  दिनभरि उक्त मेला हुनेछ। पुस्तकमा ७५ जना भन्दा बढी महिला लेखकले लेखेका पुस्तकहरू र १३ वटा प्रकाशकहरूको पुस्तक प्रदर्शनीमा रहने आयोजक संंस्था नेपाल पिक्चर लाइव्रेरीले जनाएको छ। प्रर्दनशनीमा महिला लेखकहरूको ३ सय वटा जति पुस्तक प्रदर्शनीमा रहने र ५ देखि ६ सय जना प्रदर्शनीमा सहभागी हुने अपेक्षा आयोजकको छ।

नेपाल पिक्चर लाइवे्ररी अर्काइभ तथा अनुसन्धान शाखाका दिवस राजा केसीका मार्च  महिना महिलाहरूको दिवसको महिना भएकाले फागुनमै पुस्तक मेला आयोजना गरेको हो।

‘नेपाली पुस्तक बजारमा महिला लेखक छैनन्’, ‘महिला लेखक कम छन्’ भन्ने  भ्रम रहेकाले सो भ्रमलाई चिर्न पुस्तक मेलाको आयोजना गरिएको केसीले बताए। यसको साथै नेपाली महिलाहरूले लखेको पुस्तकलाई पाठकका बीचमा जानकारी दिनु र महिला लेखकलाई प्रबर्द्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले बताए।  

प्रकाशित: ३ चैत्र २०८० ०९:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App