कला

विलोमकाे छैटाैं शृङ्खला स्रष्टा विधान आचार्यसँग

नेपाली लघुकथा सर्जकहरूसँग भेटघाट, वार्ता र लघुकथा केन्द्रित संवादका माध्यमद्वारा लघुकथाको उन्नयनमा सहयोग पु¥याउने उद्देश्यले प्रारम्भ गरिएको लघुकथा अभ्यास ‘विलोम’को छैटौं अभ्यास सम्पन्न भएको छ।

‘विलोम’को उद्देश्यअनुरूप छैटौं भेटघाट सुप्रसिद्ध लघुकथाकार एवं कवि विधान आचार्यसँग भएको हो।

लघुकथा केन्द्रित कुराकानी गर्ने क्रममा यस अभ्यासअन्तर्गत स्रष्टा विधान आचार्यसँग तीन घण्टा जति नेपाली लघुकथाको इतिहासदेखि लघुकथा के हो र कस्तो हुनुपर्छ, लघुकथा लेखनमा देखापरेका पछिल्ला प्रवृत्ति तथा लेखनको धार, लघुकथाले समेटेका विषय, लघुकथाको स्तरीयता तथा लघुकथाको भविष्यसमेत लघुकथाका विविध विषय र उनको लघुकथा लेखनबारे समेत विस्तृत कुराकानी भएको थियो।

लघुकथाकारहरू विनोद नेपाल, दीपक लोहनी र ममता मृदुलले प्रारम्भ गरेको ‘विलोम’ नामक यस अभ्यासअन्तर्गत छैटौं अभ्यास आचार्यको निवास, खुमलटार,ललितपुरमा भएको हो।

पहिलो विलोम अभ्यास २०७९ फागुन ३ गते गरिएको थियो। यस हिसावले विलोम अभ्यासले एक वर्ष पूरा गरेको छ।  

प्रकाशित: १ चैत्र २०८० १२:५५ बिहीबार

अक्षर