कला

अन्तरङ्गका तरङ्गहरूको लोकार्पण

प्राडा पुरुषोत्तमलोचन श्रेष्ठको नेपाली इतिहास, संस्कृति, पुरातत्त्वका विषयमा तयार पारिएको अनुसन्धानमूलक पुस्तक अन्तरङ्गका तरङ्गहरूको विमोचन एक समारोह बीच वरिष्ठ साहित्यकार तथा राजनीतिज्ञ नारायणमान विजुक्छेंले गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि नारायणमान विजुक्छेंले पुस्तक सबैका लागि उपयोगी रहेको बताए। पुस्तकका लेखक प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले सो पुस्तक आफ्नो चालिस वर्षको कमाइ भएको बताए।

सो पुस्तकमाथि आफ्नो समीक्षात्मक टिप्पणी राख्दै साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूले पुस्तकलाई विविध दृष्टिकोणले विश्लेषण गर्दै पुस्तक नेपाली इतिहास, संस्कृति र पुरातत्त्वको क्षेत्रका लागि उल्लेखनीय उपलब्धि भएको बताए।

त्यस्तै अर्का समीक्षक राजनलाल जोशीले पुस्तक हरेक दष्टिले उपयोगी रहेको विचार पोखे।

कार्यक्रममा भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापति, संस्कृति शिरोमणि हरिराम जोशी, इतिहासरकार त्रिरत्न मानन्धर, साहित्यकार भरतमणि जङ्गम, प्राध्यापक हेमन्तशम्सेर राणा, अर्थविद् निरञ्जनकुमार टिवडेबाला लगायतले आफ्नो विचार पोखेका थिए।

पुस्तकमा इतिहास, संस्कृति र पुरातत्त्व सम्बन्धी एक सय एक लेख सङगृहीत छन्। पुस्तक एघार सय छत्तीस पृष्ठको छ भने पुस्तकको मूल्य पाँच हजार रूपैयाँ राखिएको छ। पुस्तक संचित बचत तथा ऋण सहकारी संस्थाले प्रकाशनमा ल्याएको हो।  

प्रकाशित: १ चैत्र २०८० १२:३१ बिहीबार

अक्षर