कला

सलोन र करिश्माले गराए प्रेग्नेन्सी फोटोसुट

अभिनेता सलोन बस्नेत र करिश्मा केसी बुबाआमा बन्ने भएका छन्।

उनीहरूले सामाजिक सञ्जालमा 'प्रेग्नेन्सी' फोटोसुटको तस्बिर सार्वजनिक गरेका छन्। जिन्स पहिरनमा उनीहरूले फोटोसुट गराएका हुन्। दुवैलाई निकै खुशी मुद्रामा देख्न सकिन्छ।

सलोन र करिश्माको गत वर्ष मंसिर १२ गते विवाह भएको थियो। तीन वर्ष लामो प्रेम सम्वन्धलाई पूर्णता दिँदै उनीहरू विवाह बन्धनमा बाँधिएका थिए।

प्रकाशित: ३० फाल्गुन २०८० १४:१८ बुधबार

अभिनेता सलोन बस्नेत करिश्मा केसी