कला

सेवामा नमस्ते आधुनिक लघुकथा मञ्च

नमस्ते आधुनिक लघुकथा मञ्चले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस तथा शिवरात्रि पर्वको अवसर पारेर लघुकथासम्बन्धी अन्तक्रिया गराउँदै आमा घरका आमाहरूलाई खाना खुवाउँदै मानवसेवा कर्म सम्पन्न गरेको छ।

मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ ले लेखकस्रष्टाहरूले लेखनसँगै मानव सेवामा लाग्न सबैलाई अभिप्रेरित गराउन मानवसेवा अभियान चलाउँदै आएकाे बताए। उनले भने, ‘हाम्रो लेखाइ र व्यवहारमा तादाम्य हुनुपर्छ। हामी लघुकथाको विधागत उन्नयनको साथै मानव सेवमा लागिरहेका छौं।’

‘साहित्यपोस्ट’ का लघुकथाका स्तम्भकार दिपक लोहनीले मञ्चले विधागत उन्नयनको साथसाथै मानव सेवामा लागेर प्रंशसनीय काम गरेकाे बताए।

त्यस्तै नेपाल प्रज्ञाप्रतिष्ठानकी राधा कार्कीले मञ्चले नारी दिवसकाे दिन आमाहरूसँग जोडिने अवसर दिलाएकोमा खुसी व्यक्त गरेकी थिइन्।

वृद्धवृद्धा व्यवस्थापन सामाजिक कल्याण गुठीले चलाएको ‘आमाको घर’ १८ जना वृद्धा आमाहरूलाई खाना खुवाउनुको साथै आर्थिक सहयोग गर्ने अवसर दिएकोमा मञ्चका अध्यक्ष धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रममा अग्रज साहित्यकारहरू मधुसूदनप्रसाद घिमिरे, होमप्रसाद नेउपाने, अवधेश सिंह, धन्वन्तरी मिश्र ‘कात्यायन’, यमुना प्रधानाङ्ग ‘मुना’, मीठूकुमारी पाठक, प्रमोद प्याकुरेल, अच्युत प्रधानाङ्ग, लघुकथा वाचन प्राविधिक साथी अमित प्रधानाङ्ग, संस्थाकी सहयोगी शुभेच्छा शर्मा, बालविषयक लघुकथा वाचक सम्राट सुमन, लघुकथा साैन्दर्यका संस्थापक श्रीराम राई लगायतको उपस्थिति रहेको थियो।        

प्रकाशित: २७ फाल्गुन २०८० ११:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App