कला

बंगलादेशमा नेपाली साहित्यको परिचर्चा

बंगलादेशस्थित किशोरगञ्जमा आयोजित त्रिदिवसीय साहित्यिक साँस्कृतिक कार्यक्रममा नेपाली साहित्य, कला एवम् संस्कृतिको परिचर्चा भएकाे छ। लय उत्सव चन्द्रावती मेला २०२४ को साहित्यिक साँस्कृतिक कार्यक्रममा विशेष उनुष्ठान नेपाल सत्र रहेको थियो।

बालसाहित्य, कविता परिचिती, यात्रा, नियात्रा, समकालीन साहित्य, अनुवाद आदि विषयमा नेपाली साहित्यकारहरूले विमर्श गरेका थिए। नेपाल सत्रमा गीतकार तथा अनुवादक राजेन्द्र गुरागाईंले नेपाली साहित्य र उपस्थित साहित्यकारको परिचयबाट प्रारम्भ भएको सत्रमा साहित्यकारहरूले आआफ्नो धारणासहित काव्य वाचनसमेत गरेका थिए।

कवि ऋषभदेव घिमिरे, कवि तथा पत्रकार मीनकुमार नवोदित श्रेष्ठ, प्रकाशक हरिवोल ढकाल र साहित्यकार युवराज नयाँघरेले वर्तमान नेपाली साहित्य, साहित्यको विश्वव्यापीकरण, अनुवाद साहित्यको महत्त्वबारे टिप्पणी गर्दै नेपाली साहित्यकारहरुले विभिन्न प्रस्तुति दिएका थिए।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष कवि राजेन्द्र केसीको सभापतित्वमा सम्पन्न  कार्यक्रममा बंगाली कवि तथा साहित्यकार साहजाह कविर तथा कवि मोहम्मद फारुखले नेपाली साहित्यको चर्चा गर्दै नेपाल बंगलादेशबीच साहित्यिक साँस्कृतिक आदानप्रदानको भावी कार्यक्रमको रूपरेखाबारे प्रकाश पार्दै आयोजकका तर्फबाट कवि फारुखले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता मन्तव्य समेत  राखेका थिए।

पर्यटन र साहित्यलाई जोड़ेर औं शताब्दीका राजा ईशा खाँको ऐतिहासिक दरबारको अवलोकन, ऐतिहासिक मस्जिद, किशोरगञ्जस्थित काली वाढी मन्दिर आदिको अध्ययन अवलोकनसमेत भएको थियो।

प्रकाशित: २६ फाल्गुन २०८० १०:२६ शनिबार

अक्षर