कला

‘नवशिला’ र ‘चिराइतो’ मुक्तकसङ्ग्रहको लाेकार्पण

हामी र हाम्रो कृति समूहको तेह्रौं र चौधौं कृति समूहका आजीवन सदस्य नवराज पोखरेलको मुक्तकसङ्ग्रह ‘नवशिला’ र समूहका महासचिव बद्री उप्रेतीको मुक्तकसङ्ग्रह ‘चिराइतो’ लीलाध्वज थापा साहित्य प्रतिष्ठानको सभाहल बालुवाटार, काठमाडौंमा लोकार्पण भएको छ।

नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष, वरिष्ठ सहित्यकार/ पत्रकार तथा कार्यक्रमका प्रमुख अतिथिवियोगी बुढाथोकी, वरिष्ठ कवि एवं मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, काठमाडौंका अध्यक्ष कलानिधि दाहाल, वरिष्ठ साहित्यकार एवं लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा, चिराइतो मुक्तकसङ्ग्रह लेखककी गुरु निलाञ्जला भारद्वाज, नवशिला मुक्तकसङ्ग्रहकी प्रकाशक शिला पोखरेल, चिराइतो मुक्तकसङ्ग्रहकी प्रकाशक नम्रता उप्रेती, हामी र हाम्रो कृति समूहका अध्यक्ष मदनप्रसाद नेपाल लगायतले कृतिको लोकार्पण गरेका थिए।

दीपोज्वलन साथै राष्ट्रिय गान सहित सुरु गरिएको उक्त कार्यक्रमको सञ्चालन साहित्यकार भुवन सिवाकोटी चौघरेले गरेका थिए भने स्वागत मन्तव्य  हामी र हाम्रो कृति समूहकी उपाध्यक्ष गंगा आचार्य सेढाईले दिएका थिए।

हामी र हाम्रो कृति समूहकी आजीवन सदस्य शारदा गौतम आचार्यले अध्यक्षता गरेको उक्त कार्यक्रममा  रहेका थिए।

लोकार्पित कृति ‘चिराइतो’ मुक्तकसङ्ग्रहको समीक्षा प्राडा गोविन्द मानसिंह कार्कीले र ‘नवशिला’ मुक्तकसङ्ग्रहको समीक्षा ममता मृदुलले गरेका थिए।

उक्त कार्यक्रममा समूहको तर्फबाट हामी र हाम्रो कृति समूहका अध्यक्ष मदनप्रसाद नेपालले लोकार्पित कृतिका कृतिकारद्वय बद्री उप्रेती र नवराज पेखरेललाई बधाई तथा कृति सफलताको शुभकामना मन्तव्य दिनु अगाडि विमोचित कृतिका कृतिकाररूले एक आपसमा आआफ्नो लोकार्पित कृतिको ब्याज साटासाटको दृश्यले कार्यक्रमलाई थप रोचक र सान्दर्भिक बनाएको थियो।

बधाईका साथ शुभकामना सहित सुरू गरिएको मदनप्रसाद नेपालको मन्तव्यमा हामी र हाम्रो कृति समूहको उदेश्य र भावी कार्यक्रमहरू समेटिएका थिए।

उक्त कार्यक्रममा वियोगी बुढाथोकी, कलानिधि दाहाल, विजयध्वज थापा, निलञ्जला भारद्वाज, सुनिल अधिकारी, नम्रता उप्रेती, शिला पोखरेलले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रममा उपस्थित साहित्यकारहरूमध्येबाट २० स्रष्टाले लोकार्पित दुवै कृतिबाट मुक्तकहरू वाचन गरेका थिए।

कार्यक्रमका सभाध्यक्ष शारदा गौतम आचार्यले कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न गराउन उपस्थित भएकाे भन्दै हार्दिक धन्यवादसहित सभा विसर्जन भएको जानकारी गराएका थिए।

प्रकाशित: २१ फाल्गुन २०८० १०:१८ सोमबार

अक्षर