कला

'एक्टर' बाट फिल्ममा डेब्यू गर्दै दिलिपकी छोरी दिव्या

अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीले फिल्म खेल्ने भएकी छन्। उनले फिल्म 'एक्टर' बाट फिल्ममा डेब्यू गर्न लागेकी हुन्।

बिहीबार काठमाडौंमा निर्मातासँग दिव्याको तर्फबाट उनका अभिभावक दिलीप र उनकी पत्नी मञ्जुले हस्ताक्षर गरेका छन्। दिव्या अमेरिकामा पढिरहेकी छन्।

साथै निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्म कात्तिक १५ गतेदेखि प्रदर्शन हुने बताएका छन्। यो फिल्म वैशाख पहिलो साताबाट छायांकनमा जानेछ।

यसअघि फिल्ममा प्रदीप खड्का, आना शर्मा र राजबल्लभ कोइराला अनुबन्धित भइसकेका छन्।

यो फिल्मलाई राजन भुसालले निर्देशन र थमन भण्डारीले निर्माण गर्दैछन्।

प्रकाशित: १७ फाल्गुन २०८० १६:२८ बिहीबार

दिलिप रायमाझी दिव्या रायमाझी