कला

आमा बन्दै दीपिका पादुकोण

बलिउड अभिनेत्री दीपिका पादुकोण आमा बन्न लागेकी छिन्। अभिनेत्री आफैँले उनी गर्भवती भएको घोषणा गरेकी हुन्।

दीपिकाले रणवीर सिंहलाई ट्याग गर्दै एउटा पोस्ट गरेकी छिन्। पोस्टमा शिशुको लुगा, जुत्ता, खेलौना आदिले २०२४ सेप्टेम्बरलाई घेरेको छ। अर्थात् दीपिका रणवीरको पहिलो सन्तानको जन्म सेप्टेम्बरमा हुनेछ।

दीपिकाको यो पोस्टमा फ्यान देखि सेलिब्रेटीहरुसम्म धेरैले बधाई तथा शुभकामना दिइरहेका छन्।

कयौँ दिनदेखि दीपिका गर्भवती रहेको चर्चा भइरहेको थियो। बाफ्टा अवार्ड्स २०२४ मा दीपिका साडीमा देखिएकी थिइन्। त्यतिबेला उनको बेबी बम्प देखिएको र अभिनेत्रीले साडीको सप्कोले बारम्बार पेट छोपेपछि उनी गर्भवती भएको अफवाह चलेको थियो।  

यो जोडीले नोभेम्बर २०१८ मा इटालीको लेक कोमोमा विवाह गरेका थिए। रणवीर र दीपिका पहिलो पटक भन्सालीको फिल्म ‘राम लीला’ को सेटमा भेटेका थिए। त्यसपछि दुवैले ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’ जस्ता फिल्ममा पनि काम गरे।

प्रकाशित: १७ फाल्गुन २०८० १२:३९ बिहीबार

बलिउड अभिनेत्री दीपिका पादुकोण