कला

कलाकार ‘म्याकुरी’ माथि कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

कलाकार पवन खतिवडा ‘म्याकुरी’ माथि कुटपिट गरेको आरोपमा प्रहरीले शर्मिला वाइबालाई नियन्त्रणमा लिएको छ।

बुधबार उनलाई सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

‘शर्मिला वाइबालाई सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरिएको छ। उनलाई काठमाडौं ल्याइँदै छ। हाल काभ्रै ल्याइपुर्‍याइएको छ।’ उनले नागरिक न्युजसँग भने।

कलाकार खतिवडाले आफूमाथि कुटपिट भएको भन्दै वाइबाविरूद्ध जाहेरी दिएका थिए।जाहेरीपछि प्रहरीले वाइबालाई पक्राउ गरेको हो।

प्रकाशित: १६ फाल्गुन २०८० १६:५३ बुधबार