कला

गायक सीमा पोख्रेलको ‘बादल बनी तिमी’ सार्वजनिक

गायक तथा संगीतकार सीमा पोख्रेलको स्वर र संगीत रहेको ‘बादल बनी तिमी’ बोलको गीत युट्युब सिमा पोख्रेलच्यानल मार्फत सार्वजनिक गरिएको छ।

सार्वजनिक गरिएको उक्त गीतका रचनाकार/ संगीतकार गायिका पोख्रेल स्वयं आफैं हुन्। उक्त गीतकाे एरेन्जर सुशान्त सापकोटा हुन्। उक्त गीत केही समयअघि उनले रेकर्ड गरेकी थिइन्।

पोख्रेल पेसाले नर्सिङ भए पनि सानैदेखि गीतसंगीतलाई माया गर्थिन्। पिता बालमुकुन्द पोख्रेल र माता सीता पोख्रेलको कान्छी छोरीको रूपमा उनी धरानमा जन्मिएकी हुन्। लामो समयदेखि अमेरिकाको कोलोराडोमा बस्दै आएकी पोख्रेल नर्सिङ पेशाको साथसाथै गीतसंगीतलाई पनि माया गर्ने गर्छिन्।

पोख्रेल गीत/संगीतको साथसाथै साहित्य तथा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय देखिन्छन्।

गायिका पोख्रेलका ‘सिमा’ र ‘कुहिरो’ जस्ता चर्चित गीति एल्बल सार्वजनिक भइसकेका छन्।

प्रकाशित: १४ फाल्गुन २०८० १०:०५ सोमबार

अक्षर बादल बनी तिमी