कला

जापानमा अनमोलसँग ‘कृ’

जापान- जापानमा चलचित्र “कृ” प्रदर्शन गरिएको छ। पछिल्लो केही समययता जापानमा नेपाली चलचित्रले दर्शकलाई खासै आकर्षण गर्न नसकिरहेका बेला चलचित्र “कृ” ले राम्रै दर्शक पायो। टोकियोस्थित नाकानो जिरो हलमा भएको ‘कृ’ को शो मा अनमोल र भुवन केसीका फ्यानको बाक्लो उपस्थिति देखीएको थियो।

जब हलमा अनमोल केसी उपस्थित भए दर्शकदृघाबाट”अनमोल अनमोल” को हुटिंगले हल गुन्जायमान बन्न पुगेको थियो। बिशेष शो लिएर भुवन केसी र अनमोल केसी जापान आएका हुन्। कतिपयले चलचित्र भन्दा पनि अनमोल केसी लाई हेर्न आएको बताए।

लाहुरे र अर्को एक लुक्समा देखिएका अनमोललाई सबै बर्गका दर्शकले जापानमा  रुचाए।  चलचित्र “कृ २” पनि दर्शकले हेर्न पाउने निर्माण पक्षले  बताएका छन्। सुवास गिरी र भुवन केसीले निर्माण गरेको चलचित्र “कृ”जापानका अन्य शहरमा पनि प्रदर्शन हुँदैछ। जापानबासी नेपाली दर्शकको उपस्थितिले आफुलाई थप हौसला मिलेको नायक तथा निर्माता भुवन केसीले बताए।

प्रकाशित: ३० फाल्गुन २०७४ ०९:४५ बुधबार