कला

अभिनेत्री रकुलप्रीतले गरिन् विवाह

बलिउड अभिनेत्री रकुलप्रीत सिंह विवाह गरेकी छन्। उनले निर्माता ज्याकी भगनानीसँग विवाह गरेकी हुन्।

उनीहरूले बुधबार गोवामा विवाह गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्। उनीहरूको विवाह समारोहमा परिवारका सदस्य र नजिकका साथीभाइ मात्र सहभागी थिए।

रकुल र ज्याकी करिब दुई वर्षदेखि प्रेम सम्बन्धमा छन्।

रकुलले सन् २००९ मा कन्नड फिल्म 'गिली' बाट अभियनमा डेब्यू गरेकी थिइन्। उनले सन् २०१४ मा 'यारियाँ' बाट बलिउडमा डेब्यू गरेकी थिइन्।

प्रकाशित: १० फाल्गुन २०८० १३:०९ बिहीबार

बलिउड अभिनेत्री रकुलप्रीत सिंह