कला

बुढानीलकण्ठ साहित्यिक महोत्सव हुँदै

बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा बुढानीलकण्ठ साहित्यिक–सांस्कृतिक महोत्सव हुने भएको छ। मंगलबार बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर तथा महोत्सव संयोजक अनिता लामाले फागुन ११ र १२ मा महोत्सव हुने जानकारी दिइन्।

‘फागुन ११ र १२ मा आयोजना हुने बुढानीलकण्ठ साहित्यिक–सांस्कृतिक महोत्सवमा करिब एक दर्जन साहित्यिक सत्र र केही सांस्कृतिक गतिविधि समेटिनेछन्,’ उनले भनिन्, ‘महोत्सवमा राष्ट्रिय कलाकार, कवि, आख्यानकार र संस्कृतिविद्लगायत विद्यालयका विद्यार्थीहरूको सहभागिता रहने छ।

सांस्कृतिक सद्भाव र सम्भावनाको आदानप्रदानका लागि महोत्सवको आयोजना गरिएको हो। बुढानीलकण्ठ नगरपालिकामा पहिलो पटक आयोजना हुन लागेको साहित्यिक–सांस्कृतिक महोत्सवले ठुलो महŒव राखेको छ।’

महोत्सवको पहिलो दिन बुढानीलकण्ठ–१३ स्थित चुनिखेल र दोस्रो दिन बुढानीलकण्ठ मन्दिर परिसरमा सत्र सञ्चालन हुनेछन्। महोत्सवमा कलाकार हरिवंश आचार्यदेखि झमक घिमिरे, डा. भगवान कोइराला, मल्ल के सुन्दर र सुविन भट्टराईलगायत सर्जक वक्ताका रूपमा सहभागी हुँदैछन्। महोत्सवमा विभिन्न नगरपालिका प्रमुखहरूबिच सामाजिक, राजनीतिक, उद्योग, व्यवसाय, खेलकुद, स्वास्थ्य, पर्यटन, रंगमञ्च र गजललगायत विधामा अन्तक्र्रिया हुनेछ। 

प्रकाशित: १० फाल्गुन २०८० ०८:३० बिहीबार

अक्षर