कला

कर्म

लघुकथा

झोला भिरेर घरबाट बाहिरिएपछि सडकको किनारामा ठिंग उभिएर मायालुलाई पर्खिएझैं सिलिगुढी सर्विस गाडी पर्खन्छ उनी। निर्धारित समयमा गाडी आउँछ सधैंझैं। गन्तव्य टाढा थियो उनको। हतारसाथ स्वाट्ट पस्छ गाडीभित्र। धेरै टाढासम्म आँखाबाट ओझेल नभएसम्म हेरिरहन्छे छोरालाई। आँसुले रसाउँछ आँखा आमाको। हिमालबाट झरना आफ्नै धुनमा  बगेर सागरमा हराउँछ। जवान छोरो फौजमा भर्ती भएको खबर सुन्दा आमा गर्वित बन्छे।

कर्म नै पूजा हो बेरैकुको भित्तामा सुन्दर अक्षरमा लेखिएको पढ्दै हुन्छ उनी। बाहिर कम्पनी हवल्दार मेजरुको लामो सिटीको आवाज बज्दा झसङ्ग भएर फालिनुमा मिल्न पुग्छ उनी। आजको कार्य शुरू हुन्छ उनको।

प्रकाशित: ७ फाल्गुन २०८० ०९:२२ सोमबार

अक्षर