कला

चलचित्र ऐन पास नहुँदा चलचित्र क्षेत्र अघि बढ्न सकेन: भुवन केसी

फाइल तस्बिर

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्र अघि बढ्न नसक्नुको कारण चलचित्र ऐन पास नहुनु रहेको बताएका छन्।

आईतवारबाट मकवानपुरमा शुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले अहिलेसम्म चलचित्र क्षेत्र विकास हुन नसक्नुको जड चलचित्र ऐन पारित नहुनु रहेको बताए। उनले अहिले विकास बोर्डले विभिन्न समस्या केलाएर चलचित्र ऐनको अन्तिम ड्राफ्ट तयार पारेको बताए। उनले पहिला पनि मन्त्रालयमा ऐन पठाइएकोमा चलचित्रको स्वायत्तताको विषयमा काटिएर आएका कारण पुन: पठाउने तयारी गरेको बताए उनले नयाँ ड्राफ्टमास्वायत्तताको मागलाई प्राथमिकतामा राखिएको जिकिर गरे।

उनले भने, ‘चलचित्र विकास बोर्डमा म गएको दिनदेखि मैले महशुस गरेको कुरा के हो भने चलचित्र क्षेत्र धेरै अगाडि बढिसक्नुपर्ने थियो। त्यो अहिलेसम्म अगाडि बढ्न नसक्नुको जड कारण मैले बुझेको अहिलेसम्म चलचित्र ऐन पास नहुनु नै मुख्य कारण हो। किनभने त्यो ऐनभित्र विभिन्न समस्याहरुको समाधान त्यसमा खोजिएको छ। यसपालि हामीले चलचित्र ऐन, मन्त्रालयमा अन्तिम ड्राफ्ट तयार पारेर पठाएका छाैं। सरोकारवालाहरुको सरसल्लाह बमोजिम पठाएका छौँ। पहिला पठाएको ड्राफ्टमा चलचित्रको स्वायत्तताको विषयमा काटिएर आएको रहेछ। चलचित्र विकास बोर्ड स्वायत्त हुँदैन भने त्यसले धेरै काम गर्न सक्दैन भनेर हामीले विभिन्न निकायहरुले स्वायत्तताको मागलाई प्राथमिकतामा राखेर नयाँ ड्राफ्ट तयार पारेका छाैं।’

प्रकाशित: ६ फाल्गुन २०८० १८:४४ आइतबार

अध्यक्ष भुवन केसी